काठमाडौं, २५ असोज –
नेपालको दुई दिने राजकीय भ्रमणमा त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानार्थ नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको छ । नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा सम्मान गारथ २१ तोपको सलामी दिएको थियो ।
राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत अभिवादन गरेका थिए।
विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।










