धरान-
आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानमा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट तिलक राई उम्मेदवार बन्ने भएका छन ।
शुक्रबार बसेको कांग्रेस धरान उपमहानगर कमिटिको पुर्ण बैठकले नगरसभापति राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेपछी तिलक राइ उम्मेद्द्वार बन्ने पक्का भएको हो । स्थानिय स्तरमानै उम्मेदवार सर्वसम्मत भएपछी केन्द्रमा सर्बसहमत उम्मेद्द्वारको नाम मात्रै सिफारिस हुने भएकोले राइ नै कांग्रेसको मेयर पदका उम्मेदवार हुने पक्का भएको हो ।
सभापति राई यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए ।
कांग्रेसबाट धरानमा मेयरको उम्मेदवारमा बन्न जिल्लाका अन्य नेताहरु समेत आकांक्षी देखिएका भए पनि निरन्तरको छलफल पश्चात तिलक राइलाई उम्मेद्वार बनाउने धरान कांग्रेसले सर्वसम्मत निर्णय गरेको हो।

पछिल्लो समय नेपाली कांग्रेस प्रती जनाताको आकर्षण समेत बढी रहेको र उम्मेदवार समेत सर्वसम्मत सर्बसम्मत रुपमा चयन भए पछी आगामी निर्बाचनमा बिजयि हुने प्रबल सम्भाबना बढेको जिल्ला नेता कार्यकर्ताहरुले प्रतिकृया दिएका छन ।
अब पार्टी निरन्तर वडा, टोल र घरदैलो अभियानमा जाने साथै, विभिन्न पेशा, क्षेत्रका व्यक्तिहरुसँग अन्र्तक्रिया गर्ने आगामी उम्मेद्वार तय भए पछी तिलक राइले बताए । ‘मतदाताले यसपाली बैकल्पिक शक्तिकोरुपमा कांग्रेसलाई लिएको छ, जनताले परिवर्तनकारी नेतृत्व चाहेको छ,’उनले भने,‘यो निर्णयले हामीलाई मात्र होइन, केन्द्रलाई पनि उर्जा मिलेको छ ।’ उम्मेदवारका आकांक्षी एवं कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले पनि सर्वसम्मतरुपमा नै निर्णय भएको बताए । उनले पनि कांग्रेस एकढिक्का भएको सकरात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिए ।
निवार्चित भएर पदभार ग्रहण गरेको एक बर्षपछि मेयर सुब्बाको निधन भएपछि धरानमा मेयर पद रिक्त छ । उपमेयर मञ्जु भण्डारी सुवेदीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छिन ।










