काठ्माण्डौ-
नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रमा चीनले सहयोग गर्ने विषय प्राथामिकतामा छन ।
समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ ।
समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो ।








