नेपाल र चीनबीच बिभिन्न १७ सम्झौतामा हस्ताक्षर



काठ्माण्डौ-

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रमा चीनले सहयोग गर्ने विषय प्राथामिकतामा छन ।

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : आश्विन २६, २०७६ आइतबार  ७ : ०७ बजे