इन्टरपोलको महासभामा भाग लिन प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान



काठमाडौं :

इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छन् । असोज २८ देखि कात्तिक १ गतेसम्म  चिलीको सान्टियागोमा सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गरेका छन् । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली चिली भ्रमणबाट नफर्के सम्मका लागी  प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ३ : ४० बजे