कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने प्रहरिको तयारी



काठ्माण्डौ-

यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका बेला उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको प्रहरिले अस्पतालमै बयान लिने तयारी गरेको छ । ।

महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।

प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।

महराको उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको प्रहरिले श्रोत्ले बताएको छ । ।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ३ : ५४ बजे