गोविन्द केसीले अवकाश पाए, अवकाशपछी पनि आन्दोलन जारी राख्ने



काठमाडौं, २७ असोज

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन् ।

उनले अवकास लिएकै दिनमा पत्रकार सम्मेलन गरेर ६ बुँदे मागहरु अघि सारेका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेदेखि १७ औं पटकको सत्याग्रह थाल्ने बताएका छन् ।

डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।

अवकाश पाएपछि पनि डा केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन्।

प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार  ४ : ०१ बजे