नेकपाका सांसद पार्वत गुरुङबिरुद्द अदालतद्वारा पक्राउ पूर्जी जारी



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

२०७६ वैशाख २९ गते उनी विरूद्ध दायार भएको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले जारी गरेको म्याद सहितको पक्राउ पूर्जी असोज ८ गते गुरूङले बुझेका छन्।

असोज ८ देखि ३५ दिनभित्र हाजिर हुन नसके उनले अदालतमा आफ्नो बचाउ गर्न पाउने छैनन्। प्रहरीले पनि उनलाई पक्राउ गर्न सक्नेछ।

२०७४ को वैशाखमा आफूमाथि सांसद गुरुङको निर्देशन र योजनामा आक्रमण भएको उल्लेख गर्दै वीरध्वज खड्काले प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार  १ : ४९ बजे