दाङबाट एकैपटक विप्लव नेकपाका २१ जना नेता, कार्यकर्ताहरु पक्राउ



दाङ :

पछिल्लो समय देशैभरी बिप्लब नेकपाका गतिबिधिहरु बढिरहेका छन भने बिप्लब नेकपाका गतिबिधी हरु रोक्न प्रहरिले पनि सक्रीयता बढाइ रहेको छ ।

यसैबिच विप्लव नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ताहरुलाई प्रहरिले गएराती दाङबाट पक्राउ गरेको छ ।उनिहरुलाई नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित एक जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा नियन्त्रण लिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले उनिहरुलाई बिहीबार राति १ बजेतिर पक्राउ गरिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा लगायत बिप्लब नेकपाका नेताकार्यकर्ताहरु रहेका छन

प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहिबार  ३ : ५७ बजे