काठ्माण्डौ-
ध्वाँसेचितुवाको छाला र सालकको खपेटासहित कोटेश्वर स्थित भाटभटेनी अगाडि बाट एक युबक पक्राउ परेका छन ।
अपराध महाशाखाको विशेष टोलीले सिन्धुपाल्चोक साँगाचोकगढी वडा नं.१३ घर भएका २१ वर्षिय रोशन राना मगरलाई पक्राउ गरेको हो ।
बिक्री वितरण गर्ने उदेश्यले आफ्नो साथमा बोकी हिंडेको अवस्थामा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
संरक्षित ध्वाँसे चितुवाको छाला १ थान र दुर्लभ वन्यजन्तु सालकको खपेटा२.४ के।जी। बरामद गरिएको छ ।








