काठमाडौं, १ कात्तिक
गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन् ।
पन्तले आफ्ना पर्तिस्पर्धी उम्मेद्धवार कुल आचार्यलाई पराजित गर्दै निर्बाचित भएका हुइन । मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका भए पनि अन्तिममा पन्तनै निर्बाचित भएका हुन ।
कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् ।
बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । निर्वाचनमा दुई हजार ३ सय ४० मत खसेको थियो।
मतगणना शुक्रबार बिहान सकिएको हो ।मतगणनाको पुरै परिणाम औपचारिक घोषणा भने हुन बाकी छ ।










