काँग्रेसलाई रुपान्तरण गर्न जरुरी छ : कल्याण गुरुङ



काठ्माण्डौ-

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता कल्याण कुमार गुरुङले काँग्रेसलाई नयाँ ढङ्गले रुपान्तरण गर्न जरुरी रहेको बताएका छन ।

हाम्रो नेबिसंघ संगठित र प्रशिक्षित नेबिसंघ अभियानको टी- टक कार्यक्रममा बोल्दै नेता गुरुङले काँग्रेसलाई रुपान्तरण गर्न युबा बिधार्थिहरुको महत्वपुर्ण भूमिका हुने बताएका हुन ।

नेबिसंघका पूर्व अध्यक्ष समेत रहेका गुरुङले काँग्रेसलाई रुपान्तरण गर्न नसकिए काँग्रेस भित्र युबाहरुको भबिष्य थप अन्योल हुँदै जाने बताए ।गुरुङले युबाहरुलाई पार्टिको नेतृत्वमा पुर्याउन सबै एक्जुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेबिसंघका निबर्तमान उपाध्यक्ष निलकण्ठ रिजाल लगायत संघका अन्य नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

हाम्रो नेबिसंघ संगठित र प्रशिक्षित नेबिसंघ अभियानले हरेक शुक्रबार टि- टक कार्यक्रमको आयोजना गर्दै आएको छ ।अभियानले देशैभरी प्रशिक्षण लगायत बिभिन्न कार्यक्रमहरु समेत निरन्तर गर्दै आइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार  ३ : १३ बजे