तीन जना नेपालीहरुले पाए अन्तर्राष्ट्रिय युवा अवार्ड



काठ्माण्डौ-

सामाजिक क्षेत्रबाट योगदान पुर्याए बापत तीन जना नेपालीहरुले अन्तर्राष्ट्रिय युवा अवार्ड प्राप्त गरेका छन ।

इन्टरनेसनल युथ फोरम एण्ड नेशनल युथ अवार्ड फेडेरेसन अफ इन्डीयाले महात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उनिहरुलाई  अवार्ड मार्फत  सम्मान गरेको हो ।

नेपालबाट श्रीजन्शील महिला समुह नेपालकी अध्यक्ष एबम प्राज्ञ अरुणा हिङ्माङले अन्तर्राष्ट्रिय विमन आर्टिस्ट अवार्ड प्राप्त गरेकी हुन ।

तेस्तै नेबिसंघकि निबर्तमान केन्द्रिय सदस्य समेत रहेकी रेखा परियारले अनाथ बालबालिका र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरे बापत इन्टर्नेशनल युथ अवार्ड २०१९ गरेकी छन ।पद्मकन्या क्याम्पसकि नेबिसंघ नेत्री पबित्रा गौलीले पनि इन्टर्नेशनल युथ अवार्ड २०१९ प्राप्त गरेकी छन ।

सम्मान पाउँदा खुशी लागेको बताउँदै उक्त अवार्डले आफुहरुलाई अझै समाजिक कार्यमा लाग्न आत्मविश्वास बढेको उनिहरुले बताएका छन । विद्यार्थी, बालबालिका, महिला, दलित, र विकट क्षेत्रमा अझै धेरै काम गर्न जरुरी रहेको र सम्मान पाउदा आफुहरुलाई अझै काम गर्ने हौसला मिलेको उनिहरुले बताएका छन ।

प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार  ८ : ५५ बजे