काठमाडौं-
जम्मू-काश्मीरमा भारत र पाकिस्तानका सेना बिच पुन : गोलाबारी शुरु भएको छ ।
भारतिय सेनले गरेको गोलाबारीमा परी ४ जना पाकिस्तानी सैनिक मारिएको र भारत प्रशासित कश्मिरमा हमलाका लागी तयार गरिएका आतङ्क्बादी अखडाहरु नष्ट गरिएको भारतले दाबी गरेको छ ।पाकिस्तान प्रशासित कश्मीरमा भारतिय सेनाले गरेको भारी गोलीबारी गर्दा उक्त घटना भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गर्दै सिमानामा गोली चलाएपछी भारत-पाकिस्तान दुवै पक्षबीच गोली हानाहान हुँदा उक्त घटना भएको भारतिय पक्षको दाबी छ ।
तेस्तै भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ ।उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ ।यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको जानकारी अनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन् । पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन्
गत अगष्टमा भारतले संविधानको धारा ३७० खोरज गर्दै जम्मू-काश्मीरको विशेष स्वायत्त खोसिएपछि त्यहाँको शान्तिको माहोल बिग्रिएको छ।










