काठमाडौं –
ज्यानमार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ अदालतमा हाजिर भएका छन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर भएका थिए । अदालतले उनको बयान लिएको छ ।
नेकपाका कार्यकर्ता वीरध्वज खड्काले संघीय संसदका सदस्य गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्








