मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’ सञ्चालनमा



काठमाडौ, कात्तिक ३ –

नेपाल टेलिकमले ०७६ कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्र राष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् ।दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ ।

यो सेवा प्रिपेड र पोष्टपेड दुुबै मोवाईलमा उपलब्ध हुुने नेपाल टेलिकमले जानकारी दिएको छ ।कम्पनीले गत भाद्र २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो ।

हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : ४६ बजे