र्‍यापर’भिटेन’माथि अनुसन्धान गर्न ७ दिनको म्याद



काठ्माण्डौ-

गितमार्फत अश्लीलता फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेका र्‍यापर समिर घिसिङ भिटेनमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ७ दिनको म्याद दिएको ललितपुर प्रहरी परिसरका एसएसपी टेकबहादुर राईले जानकारी दिए।

आजै बिहान प्रहरीले भिटेनलाई जावलाखेलबाट पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरेपछि प्रहरीले उनको ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत युट्युबबाट हटाएको छ।

उक्त गीतमा अश्लील शब्द भएको भन्दै प्रहरीले अदालतबाट अनुमतिसमेत नलिई बिहीबार भिटेनलाई जावलाखेलबाट समातेको थियो।

यसको केही घन्टापछि युट्युबबाट उक्त गीत हटाइएको हो।

उनलाई पक्राउ गर्दा प्रहरीले जरुरी पक्राउ पुर्जी को प्रावधान दुरूपयोग गरेको प्रहरिलाई आरोप लागेको छ ।

बढी हल्ला हुँदा भाग्ने सम्भावनाका कारण जरूरी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नुपरेको प्रहरिको दाबी छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  १ : ५२ बजे