काठ्माण्डौ-
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता आजदेखि लागू भएको छ। आजबाट लागु भएको आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबैलाई निर्बाचन आयोगले आह्वान गरेको छ ।
निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।
निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कार्वाही गर्ने चेतावनी पनि दिएको छ ।
आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तीको काम सम्पन्न भई कात्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना रहेको जानकारी दिए। आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धी सामग्रीहरुको छपाईको कामलाई पनि तीव्रता दिएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कात्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन्।








