काठ्माण्डौ-
नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले गुट र झुटको राजनिती नगर्न आग्रह गरेका छन ।
नेपालिहरुको महान चाड दिपावलिको उपलक्षमा शुभकामना आदान प्रदान गर्न नेपाली कांग्रेस सोलुखुम्बुका नेताकार्यकर्ताहरुको बिचमा आयोजित कार्यक्रममा बोल्दै नेता कार्किले गुट र झुटको राजनितीले कसैको भलाई नहुने भएकोले राजनितिको शैली बदल्न सोलुखुम्बुका नेताहरुलाई आग्रह गरेका हुन ।


नेपाली कांग्रेस सोलुखुम्बुमा पछिल्लो समय देखिन थालेको थप बिबादप्रती लक्षित गर्दै नेता कार्किले एस्तो आग्रह गरेका हुन ।
नेपाली कांग्रेस एकजुट होस भन्ने सबै सोलुखुम्बुवासिहरुको चाहनालाई ध्यान दिदै नेपाली कांग्रेसलाई एकजुट र बलियो बनाउन सबैले प्रयत्न गर्नुपर्नेमा कार्किले जोड दिए ।जनताले नेपाली कांग्रेस लाईनै खोजी रहेका भए पनि कांग्रेस सधै आन्तरिक कुरामा नै अल्झिरहनु गलत भएकोमा जोड दिदै नेता कार्किले अब एक्जुट भएर जनताको बिचमा जानुपर्ने बताए ।
नेपाली कांग्रेस कमजोर हुँदा देशमा राजनितिक अस्थिरता, भ्रष्टाचार र अराजकता बढेको उल्लेख गर्दै कार्किले देशलाई ठिक बाटोबाट अघी बढाउदै बिकास र सम्बृद्दिको गन्तब्यमा पुर्याउन पनि नेपाली कांग्रेस मजबुत हुनुपर्ने र कांग्रेस मजबुत हुनलाई पार्टी भित्र एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिए ।
नेता कार्किले सबैले बिधान र पद्दतिको अनुशरण गरे पार्टी भित्रका समस्याहरु आफै समाधान हुने पनि दाबी गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम बेल्जियम स्थित नेपाली महाबाणिज्यदुत आङ छिरिङ शेर्पा,कांग्रेस सोलुखुम्बु कांग्रेसका नेताहरु राम बहादुर बस्नेत, हुत्त राज बस्नेत , सरला नाछिरिङ्, धर्म नेपालि,भलाकाजी कुलुङ, सुर्य कुलुङ्,मनोज खड्का, डोल्मा तामाङ ,समाजसेवी एबम लायन्स क्लब अफ काठ्माण्डौ भ्याली क्यापिटल अध्यक्ष मन्दिरा बस्नेत कार्की लगायतको उपस्थिती थियो ।










