अनेरास्वबियुका केन्द्रिय सदस्य इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राऊ



काठ्माण्डौ-

बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्।

पीडित १८ बर्षिया युवतीको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।उनलाई काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राऊ गरिएको हो।राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् ।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको  सुचना दिए लगत्तै  लगत्तै प्रहरीले किशोरीलाई राती नै उद्धार गरेको थियो भने आरोपित राईलाई भने आज बिहान ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा राईले आफूलाई उनकै साथीको घरमा काम छ भन्दै बोलाएर जबरजस्ती गरेको बताएकी छिन्। उनले प्रहरीसँग भनेकी छिन्, ‘गोकर्णेश्वरमा रहेको माकलबारीको एउटा घरमा राईले मलाई जबरस्ती करणी गरे।’

राइलाई पक्राउ पछी पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  ८ : ३५ बजे