हिरासतमै बित्यो भिआइपी जुवाडेको भाइटिका



काठमाडौं– भिआइपी जुवाडेको भाइटिका हिरासतमै बितेको छ।

महाराजगञ्जबाट शनिबार राति पक्राउ परेका भिआइपी जुवाडेको भाइटिका हिरासतमै बितेको हो । पक्राउ परेका २५ मध्ये ६ भिभिआइपी जुवाडेहरु गैर कानुनी थुनामा राखिएको दावी गदै बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका थिए।

उनीहरुको मुद्दा आज सर्वोच्च अदालतले समय अपुग भएकाले हेर्दाहेर्दमा राखेको छ। अब भाइटिकाको भोलिपल्ट ११ बजे अदालत उपस्थित हुने आदेश छ।अदालतको यो आदेशसँगै जुवाडेहरु पुन हिरासत नै फर्किएका छन्। साथै उनीहरुको भाइटिका पनि हिरासतमै बितेको छ।

तिहारभरी थुनामा बस्ने भिभिआइपी जुवाडे हरुमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता,उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामा छन ।

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  ९ : २२ बजे