खोटाङमा बस दुर्घटना : १६ यात्रु घाइते



काठमाडौं–

खोटाङमा भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।

खोटाङको दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस दुर्घटनाहुँदा १६ यात्रु घाइते भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।

यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  ५ : ४२ बजे