काठमाडौं-
१९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा ललितपुरमा दुइ जना पक्राउ परेका छन ।
महानगरीय प्रहरी परिसर ललितपुरले दुई युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको तुलसीपुर–१८ सन्देश शर्मा पोखरेल र नुवाकोटको ककनी गाउँपालिकाका ज्ञानेन्द्र गजुरेल छन्।
उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरुले गत असोज २९ गते ललितपुरमा एक युवतीलाई सामुहिक बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरिले जनाएको छ ।








