काठमाडौँ
बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ ।
सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्न लागेको हो ।
पत्रदर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ ।
यसअघी महरा पटक पटक बिरामी भएपछी उनको बयान लिने काम समेत प्रभाबित भएको थियो ।
सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ ।
त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।








