राजविराज-
सप्तरीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन्।
राति करिब साढे १० बजे काकडभिट्टाबाट भैरहवा जाँदै गरेको लु १ ख ८२१४ नम्बरको बस र पूर्व जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक रुपनी गाउँपालिका-१ स्थित राजमार्गमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा बस चालक स्याङ्जाको जगतदेव घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिक बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उद्धार गरी रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिएका न्यौपानेको उपचारकै क्रममा मृत्यु भएको हो।
बसमा सवार घाइतेहरूको युनिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।








