काठमाडौँ–
प्रधानमन्त्री केपी ओली तेश्रो पटक डायलासिस गर्न आज पुन: ग्राण्डी अस्पताल जाने छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब दोस्रो पटक मिर्गौला प्रत्यारोपण नगरुञ्जेलसम्म नियमितरुपमा सातामा तीनपटक डायालासिस गर्नु पर्ने भएको छ।
बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमै प्रधानमन्त्री ओलीले त्यस बारेमा जानकारी गराइ सकेका छन ।








