कार्तिक १४ ,जनकपुरधाम-
प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जाने बताएका छन्।
सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै उनीहरुलाई पहिले हतकडी लाग्ने दावी गरे।
उनले नेकपाका केहि नेता गौर घटनामा उपेन्द्र यादवलाई जेल पठाउने ध्वाँस देखाउनु भनेको बच्चालाई भुत देखाएर डराउनु जस्तै भएको टिप्पणी गरे।
समाजवादी पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका मन्त्री यादवले मलेठ घटनाको छानविनका लागि प्रदेश सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन तयार गरिसकेको र सरकारलाई बुझाउने तयारी गरेको पनि बताए।
उनले गौर घटनाको निष्पक्ष छानविनका लागि समाजवादी पार्टी तयार रहेको भन्दै मलेठ घटनाको पनि निष्पक्ष छानविन हुनुपर्ने र दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्ने बताए।








