काठ्माण्डौ-
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि छानबिन हुने भएको छ।
डीएसपी शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेको विषयमा छानबिन हुनेछ ।
शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति समिति गठन गरेको छ।
आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको छ ।
बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज(२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो।
पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो।
‘समितिले सत्य(तथ्य दिएपछि कारबाही हुन्छ, डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिने छ ।
यसै बिच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न माग गरेका छन् ।
शर्माले आइतबार ट्वीट गर्दै डीएसपी शाहीलाई कारबाहीको माग गरेका हुन् ।








