नेपाली काँग्रेसले आगामी १९ गते मङ्गलबार मात्रै उपनिर्बाचनका उम्मेद्वार टुंग्याउने



काठ्माण्डौ-

नेपाली काँग्रेसले आगामी १९ गते मङ्गलबार मान्त्रै आगामी उपनिर्बाचनका लागी उम्मेद्वार टुंग्याउने भएको छ ।

काँग्रेस शभापती देउबा निबास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा १९ गते मात्रै उम्मेद्वारको नाम सार्बजनिक गर्ने गरी छलफल भएको बैठकमा सहभागी एक नेताले न्यू सञ्चारलाई बताए ।

कांग्रेसका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठकमा समान्य छलफल मात्रै गरी बैठक सकिएको हो ।

मंगलबार बिहान ९ बजे पुन बस्ने पदाधिकारी बैठकलेउपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।

कांग्रेस केन्द्रिय समितिले यस अघीनै पदाधिकारी बैठक मार्फत उपनिर्वाचनका उम्मेदवार तय गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  १ : ०२ बजे