प्रदेश प्रमुखहरू एकलौटि हटाउने सरकारको निर्णय सर्बसत्ताबादी चरित्रको नमुना : कांग्रेस वरिष्ठ नेता पौडेल



काठ्माण्डौ-

सरकारले सातै प्रदेशका प्रमुखहरूलाई पदबाट हटाउन गरेको निर्णय प्रती काँग्रेसले कडा आपत्ति प्रकट गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुख जस्ताे गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेकाे सरकारले एकलाैटी गरेर सर्वसत्तावाद तर्फ जाने काेशिस भएको बताएका छन ।

नेता पौडेलले सरकार एक पछी अर्को गर्दै सर्बसत्तबाद तर्फ जान थालेको उल्लेख गर्दै बर्तमान सरकारको गन्तब्य सर्बसत्ताबाद नै हो भन्ने पुष्टी भएको समेत बताएका छन ।

बारीष्ठ नेता पौडेलले न्यू सञ्चारसग कुरा गर्दै सरकारको निर्णयको कांग्रेसले कडा विरोध गर्ने समेत बताए ।

नेता पौडेलले  सामाजिक सञ्जालामा टिप्पणी गर्दै  सरकार एकलौटी ढंगमा चल्न खोजेको र सरकार लोकतन्त्रका आधारभुत मान्यताप्रती सचेत नरहेको यो घटनाले देखाएको बताएका छन ।

वरिष्ठ नेता पौडेलले सरकार भ्रष्टाचार णियन्त्रणा र शान्ती सुरक्षाको प्रत्याभुती गर्न समेत असफल रहेको बताउदै आएका छन ।

सरकारले गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरि प्रदेशका प्रमुखहरूलाई हटाएकी हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १७ को निर्णयबाट सिफारिस भई आएअनुसार  सात प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले एकलौटी पदमुक्त गरेका प्रदेशप्रमुखहरुमा  प्रा .डा . गोविन्द बहादुर तुम्बाहाङ,  रत्नेश्वर लाल (कायस्थ),  अनुराधा कोइराला,  बाबुराम कुवंर,  उमाकान्त झा,  दुर्गा केशर खनाल,  मोहनराज मल्ल रहेका छन् ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आइतबार  १ : २९ बजे