काठ्माण्डौ-
सत्तारुढ नेकपाको आइतबार बसेको सचिवालय बैठकले उपनिर्बाचनका लागी उम्मेद्वार टुंग्याएको छ ।
नेकपाले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तेस्तै प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ ((क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।
बाग्लुङ २ खमा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।










