नेकपाको सदस्यता नभएकै कारण प्रदेशप्रमुखहरुलाई हटाउन मिल्छ ? काँग्रेस नेता प्रदिप पौडेल



काठ्माण्डौ-

काँग्रेसका केन्द्रीय सदस्य एबम युवा नेता प्रदिप पौडेलले नेकपाको सदस्यता नभएकै कारण प्रदेशप्रमुखहरुलाई पदबाट हटाएको हो ? भनि प्रश्न गरेका छन ।

बिनाकारण विनाप्रसङ्ग र हठात रुपमा सरकारले गरेको प्रदेश प्रमुखहरुको बर्खास्तीप्रती सङ्केत गर्दै नेता पौडेलले प्रदेश प्रमुख र प्रदेश सरकार प्रमुखका बिचमा खटपट परेको अवस्था नरहदा पनि सरकारले राजनितिक पुर्बाग्रहका
आधारमा अन्याय पुर्ण निर्णय गरेको टिप्पणी गरेका छन ।

सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलले ‘प्रदेश प्रमुखहरूले के काममा बाधा पुर्याए ?हटाउन आबश्यक किन पर्याे ?सरकारको निर्णय पारदर्शि हुन आबश्यक छैन ?’ सरकारप्रती प्रश्न उठाएका छन ।

‘कि नेकपाको सदस्यता नै मुख्य योग्यता हो’ ? पौडेलको प्रश्न छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १७ को निर्णयबाट सिफारिस भई आएअनुसार सात प्रदेश प्रमुखहरूलाई हिजोमात्र राष्ट्रपति कार्यालयले पदमुक्त गरेको थियो।

प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार  ४ : ०९ बजे