बनेपा-
बनेपामा फोहोर फाल्ने बिषयलाई लिएर प्रहरी र स्थानियबासी बिच झडप भएको छ ।
नगरपालिकाले नगर भित्रको फोहोर स्थानिय ठकुरी गाउमा फाल्ने निर्णय गरेपछी आक्रोशित स्थानिय र प्रहरी बिच झडप भएको हो । झडपमा स्थानियहरुले नगरपालिकाले परिचालन गरेको डोजर समेत तोड्फोड गरेका छन ।प्रहरी र स्थानिय बिच झडप हुँदा ७ जना घाइते भएको झडप भएको वडाका वडा अध्यक्षले बिज्ञप्ती मार्फत जनाएका छन ।
नगरपालिकाको निर्णयप्रती स्थानियले बिरोध गरेपछी उक्त निर्णय कार्यन्वन गर्न नगरपालिकाले प्रहरी परिचालन गरेको स्थानियले आरोप लगाएका छन ।









