काठमाडौं–
नेपाली कांग्रेसले आसन्न उपनिर्बाचनका लागी उम्मेदवारहरु तय गरेको छ ।सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले उम्मेद्वारहरु टुंगो लगाएको हो ।
कांग्रेसले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने कास्कि क्षेत्र नम्बर २ का लागि शभापती खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ ।
तेस्तै कांग्रेसले प्रदेशसभा अन्तर्गत दाङमा केसब आचार्यलाई उम्मेद्वार बनाएको छ ।
त्यसै गरी बाग्लुङमा जित शेरचन र भक्तपुरमा कृष्ण भडेललाई उम्मेद्वार बनाएको छ ।
कास्की-२ मा पौडेललाई उठाउने विषयमा पदाधिकारीबीच असहमति भएपछि सभापति देउवा एक्लैले टुंगो लगाएका थिए।
कास्किका लागि शभापती देउवालेनै यसअघी धनराज गुरुङलाई प्रस्ताव गरे पनि अन्तिममा खेमराज पौडेल उम्मेद्वार बनाइएका हुन । ।








