वीरगन्जमा नेपाली चलचित्र महोत्सव सुरु



वीरगन्ज –

तीनदिने नेपाली चलचित्र महोत्सव  वीरगन्जमा  भएको छ ।

‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ सुरु भएको महोत्सवमा नेपाली र भोजपुरी भाषाका गरी ६ वटा चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले जानकारी दिए ।

महोत्सव शुभारम्भ पूर्व आज वीरगन्जमा झाँकीसहित र्‍याली निकालिएको छ ।

नेपाली भूमीमा चलचित्र निर्माण थालिएको ५३औँ वर्ष पुगेको अबसरमा नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकको छ ।

चलचित्र महोत्सवमा नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकार सहभागी भएका छन् ।

महोत्सवको औपचारिक उद्घाटन भने राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार  ७ : ०९ बजे