काठ्माण्डौ-
भारतले सार्बजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग समेत परेको भन्दै नेपालका राजनितिक दलहरु र नेपाल सरकारले समेत बिरोध जनाएपछी उक्त बिषयमा भारतले पनि आफ्नो धारणा सार्बजनिक गरेको छ ।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपालसँगको सिमानामा कुनै परिवर्तन नभएको दाबी गरे ।प्रवक्ता रविश कुमारले भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई अस्वीकार गर्दै नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको उल्लेख गरे ।
तर पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने र सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराए ।
उनले नेपालसँगको सीमा समीक्षाका विषयमा विद्यामान संयन्त्रबीच छलफल भइरहको समेत बताए।










