भारतबिरोधी प्रदर्शन देशब्यापी बन्दै



भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको बिरुद्धमा देश भरीनै प्रदर्शनहरु भइरहेका छन ।

राजधानी काठ्माण्डौमा बिभिन्न राजनितिक दल निकट बिधार्थी सङ्गठनहरुको नेतृत्वमा बिरोध प्रदर्शनहरु भइरहेका छन ।काठमाडौंका बिभिन्न स्थानमा अवस्थित क्याम्पस क्षेत्रमा केहि दिन देखी बिधार्थिहरुले लगातार प्रदर्शन गर्दै आएका छन ।

राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा समेत जलाएका छन् ।प्रदर्शनमा सहभागिहरुले ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित प्रदर्शन गरी रहेका छन ।

राजधानी बाहिरका बिभिन्न शहरहरुमा पनि स्वतस्फुर्त प्रदर्शनहरु भइरहेका छन ।

नेपाल भारतका सिमा बिभिन्न क्षेत्रमा समेत स्थानियहाँरुले प्रदर्शन गर्न थालेका छन । महाकाली पारी रहेको महाकाली नगरपालिकाको दोधारा–चाँदनीको सीमा क्षेत्रमा समेत भारत बिरोधी प्रदर्शनहरु भएका छन ।

सुदुरपश्चिमको महेन्द्रनगरदेखि पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा समेत र्याली सहित प्रदर्शन भएको छ । पश्चिमी सीमा नाका गड्डाचौकीको दशगजामा प्रदर्शनकारिहरुलेल नेपाली झण्डा फहराएका छन् ।

बिरोध प्रदर्शनमा उत्रीएका बिधार्थिहरुले लिपुलेक, कालापानी र लिप्याधुरा मात्र होइन देशका करिब दुई दर्जन भन्दा बढी जिल्ल्ला का ७५८० ठाउँमा भएको भारतिय अतिक्रमण को बिरोध गरिरहेका छन ।उनिहरुले यथाशीघ्र भारतले सार्बजनिक गरेको नयाँ राजनितिक नक्सालाई सच्याउनु पर्ने माग गरिरहेका छन ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  ७ : २२ बजे