बनेपाका मेयरले बदमासी गरेको स्थानियहरुको आरोप : हजारौको बिरोध प्रदर्शन



न्यू सञ्चार्, बनेपा-

बनेपामा फोहोर फाल्ने बिषयलाई लिएर शुरु भएको बिबाद बढ्दै गएको छ ।

बिबाद बढ्दै जादा वडा अध्यक्ष शेर वहादुर सुवाल स्थानिय सन्तोष गौतम सहित १० जना बिरुद्द पक्राउ पुर्जि जारि गरिए पछी स्थानियहरु थप आक्रोसित बनेका छन ।आक्रोसित स्थानियहरुले हजारौको सङ्ख्यामा जुलुस सहित बनेपामा प्रदर्शन गरेका छन ।

नगरपालिकाको निर्णयको बिरोध गर्ने क्रममा पक्राउ परेका स्थानिय डम्बर लामालाइ तत्काल रिहा गर्न र वनेपा नगरपालिका वडा न ९ का अध्यक्ष शेर वहादुर सुवाल, सन्तोष गौतम सहित १० जनालाई जारि गरेको पक्राउ पुर्जि तत्काल खारेज गर्न प्रदर्शनमा सहभागिहरुले माग गरेको स्थानिय सन्तोश गौतमले बताए ।

नगरपालिकाले नगर भित्रको फोहोर स्थानिय ठकुरी गाउमा फाल्ने निर्णय गरेपछी उक्त क्षेत्रका स्थानियहरु आन्दोलित हुँदै आएका छन ।

नगर भित्रको स्थानिय ठकुरी गाउमा २०५४ सालमा कृषी  अनुसन्धान प्रयोजनका लागी  भन्दै नगरपालिकाले स्थानियहरुको जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो ।

उक्त प्रयोजनकालागी  आफुहरुले सस्तोमा दिएको जग्गामा हाल नगर पालिकाका प्रमुखले जबर्जस्ती फोहोर फाल्ने निर्णय गरेर स्थानियहरुमाथी अन्याय गरेको स्थानियहरुले आरोप लगाएका छन ।

उक्त जग्गा बस्तिको नजिकै रहेको र फोहोर फाल्न कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको स्थानियहरुको दाबी छ ।कृषी विउविजन उत्पादन गर्ने अनुशन्धान शाला बनाउन भनेर स्थानियहरुसग लिएको जग्गामा जबर्जस्ती फोहोर फाल्ने निर्णय गरेर बनेपाका मेयर लक्ष्मी नरसिंह बादेले बदमासी गरेको स्थानियहरुले आरोप लगाएका छन । उक्त क्षेत्रमा कुनै पनि हालतमा फोहोर फाल्न नदिने समेत उनिहरुले बताएका छन ।

नगरपालिकाको निर्णयप्रती स्थानियले बिरोध गरेपछी उक्त निर्णय कार्यन्वन गर्न नगरपालिकाले प्रहरी परिचालन गर्दा केहि दिन अघी मात्रै उक्त क्षेत्रमा प्रहरी र स्थानियहरु बिच झडप समेत भएको थियो ।

प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार  ११ : २२ बजे