बनेपामा डम्पिङ साइडको विवाद झन चर्किँदै : नगर प्रमुख बिरुद्द सिटी जुलुस र घेराउ



न्यू सञ्चार,बनेपा-

बनेपामा फोहोर फाल्ने बिषयलाई लिएर बनेपाका नगर प्रमुख बिरुद्द शुरु गरेको आन्दोलन त्याहाका स्थानियहरुले जारी राखेका छन ।

आक्रोसित स्थानियहरुले केहि दिन अघी मात्रै हजारौको सङ्ख्यामा जुलुस सहित बनेपामा प्रदर्शन गरेका थिए ।स्थानियहरुले आन्दोलन जारी राख्दै बनेपा बजारमा सिटी जुलुस र नगरपालिकाको कार्यलय समेत घेराउ गरेका छन ।

तेस्तै आज दिउसो पनि स्थानियहरुले मैनबत्ती जुलुस प्रदर्शन गरेका छन ।

बनेपाका मेयर लक्ष्मी नरसिंह बादेले गरेको त्रुटिपुर्ण निर्णय नसच्याउदा सम्म आन्दोलन जारी राखिने स्थानिय सन्तोश गौतमले न्यू सञ्चारलाई बताए ।

नगरपालिकाले नगर भित्रको फोहोर स्थानिय ठकुरी गाउमा फाल्ने निर्णय गरेपछी उक्त क्षेत्रका स्थानियहरु आन्दोलित हुँदै आएका छन ।

नगर भित्रको स्थानिय ठकुरी गाउमा २०५४ सालमा कृषी अनुसन्धान प्रयोजनका लागी भन्दै नगरपालिकाले स्थानियहरुको जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो ।उक्त प्रयोजनकालागी आफुहरुले सस्तोमा दिएको जग्गामा हाल नगर पालिकाका प्रमुखले जबर्जस्ती फोहोर फाल्ने निर्णय गरेर स्थानियहरुमाथी अन्याय गरेको स्थानियहरुले आरोप लगाएका छन ।

उक्त जग्गा बस्तिको नजिकै रहेको र फोहोर फाल्न कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको स्थानियहरुको दाबी छ ।कृषी विउविजन उत्पादन गर्ने अनुशन्धान शाला बनाउन भनेर स्थानियहरुसग लिएको जग्गामा जबर्जस्ती फोहोर फाल्ने निर्णय गरेर बनेपाका मेयर लक्ष्मी नरसिंह बादेले बदमासी गरेको स्थानियहरुले आरोप लगाएका छन ।

उक्त क्षेत्रमा कुनै पनि हालतमा फोहोर फाल्न नदिने समेत उनिहरुले बताएका छन ।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  १ : २० बजे