प्रधानमन्त्री सचिवालयका ६ जना हटाइए : प्रमुख सल्लाहकार रिमाल नै रहने



काठमाडौं-

काठमाडौं- प्रधानमन्त्री केपी ओलिले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिएकाहरुको राजीनामा स्वीकृत भएको छ ।

मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा असन्तुष्टि व्यक्त गरेपछी उनिहरुले राजिनामा दिएका थिए ।

सम्बन्धित समाचार-

प्रधानमन्त्री सचिवालयका सदस्यहरुद्वारा सामूहिक राजीनामा

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  ४ : ५८ बजे