काठ्माण्डौ-
मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल र निर्णय गर्न बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित भएको छ ।
यसअघि बैठक शुक्रबार बिहान बस्ने भनिए पनि अहिलेसम्म बैठकको समय तोकिएको छैन ।
यसैबीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली मन्त्रिपरिषद पुनर्गठन र आगामी सचिवालय बैठकको बारेमा पार्टिका बिभिन्न नेताहरुसग छलफलमा रहेको बुझिएको छ ।
मन्त्रिमण्डलमा सेट नै परिवर्तन गर्न ओलीले आन्तरिक परामर्श थालेका छन् । उनले नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेका छन् । उपयुक्त व्यक्तिलाई छानेर जिम्मेवारी दिने ओलीको तयारी छ ।
स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री ओलिले मन्त्रिमण्डलमा आफ्ना बिश्वाश्पात्र र उपयुक्त ब्यक्तीलाई ल्याउने र आवाश्यकता अनुसार कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी दिने तयारी थालेका छन ।








