आगामी उपनिर्वाचनमा कांग्रेसलाई जिताउन नेपाल तरुण दलले बनायो समिति



काठमाडौं –

आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेपाल तरुण दलले दुई वटा समिति बनाएको छ ।

शुक्रबार बसेको तरुण दल केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन परिचालन समिति र केन्द्रीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

सिमितिहरुले प्रचार प्रसारमा समेत सहयोग गर्ने छन ।

बस्नेतका अनुसार निर्वाचन परिचालन समितिको संयोजकमा उपाध्यक्ष उत्तम चापागाइँ रहेका छन् ।

केन्द्रीय अनुगमन समितिको संयोजकमा कोषाध्यक्ष विद्ववान गुरुङ रहेका छन् ।

केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा उपनिर्वाचन हुँदै गरेका सबै ३७ वटा जिल्लाका तरुण दलका अध्यक्षहरू सदस्य रहनेछन् ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  १२ : १९ बजे