खोटाङमा गाउँपालिका अध्यक्ष उम्मेद्वार सहित डेड दर्जन नेकपा नेता कार्यकर्ता कांग्रेस प्रवेश



न्यू सञ्चार ,खोटाङ-

खोटङको सावाकटहरेमा कांग्रेसको वडा समिति गठन गर्न शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा  स्थानीय निर्वाचनमा खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका तर्फबाट गत स्थानिय निर्बाचनका खोटेहाङ गाउँपालिका अध्यक्षका उम्मेद्वार रामकेश राई, नेकपाका युवा नेता जेफर राई र नेकपाका अन्य कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७४ असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा खम्बुवान राष्ट्रिय मुक्तिमोर्चाका तर्फबाट अध्यक्ष पदका  उम्मेद्वार राईले स्थानीय निर्वाचनमा करीव दुई सय ५० मत ल्याएका थिए ।

कांग्रेसको वडा समिति गठनका क्रममा उनी सहित नेकपाका युवा नेता जेफर राई, विनोद बुढाथोकी, अम्विका विश्वकर्मा, यम कुमार राई, देउ कुमार राई, बतास राई, नवराज राई, रोहित भुजेल, सुरज राई, विमण राई, पुर्सोंधन राई, राजन राई, देवेन्द्र बुढाथोकी, दिपक गेलाल, प्रतिक्षा बस्नेत कांग्रेसमा प्रवेश गरेका हुन । नेकपाभीत्र भ्रष्ट्रचार र वेथिति हावी भएको र मुलुकको हितको लागि कांग्रेसनै उपयुक्त रहेको भन्दै  नेकपा छोडेर कांग्रेसमा प्रवेश गरेको उनिहरुले बताएका छन ।

पछिल्लो समय जिल्लामा कांग्रेस प्रती जनताको आकर्षण बढीरहेको नेपाली कांग्रेस जन्ते ढुङ्गा गाउपालिका खोटाङका उपशभापती बाजिन्द्र बिष्टले जानकारी दिए ।

उनीहरुलाई  कांग्रेसका जिल्ला नेताहरुले  पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीमा भित्र्याएका छन् ।

प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार  १ : २२ बजे