कालापानीबाट भारतीय सेना हट्नुपर्छ : प्रधानमन्त्री ओलि



काठमाडौँ–

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूभाग कालापानीबाट भारतीय सेना हटाएरै छाड्ने बताएका हुन् ।

नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरे गर्दै भने ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाऊन्, ।

भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् ।

प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार  ८ : २४ बजे