कोहलपुर नगरपालिका–६ को वडाध्यक्षमा काँग्रेसले जित्ने सम्भाबना बढ्यो



काठमाडौं-

बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई  दलहरुले राजनीतिक प्रतिष्ठाको सवाल बनाए पनि अघिल्लो निर्बाचनमा पनिनेपाली काँग्रेसले जितेको र उक्त वडामा काँग्रेसको सङ्गठन बलियो रहेकोले यसपटक पनि काँग्रेसले नै जित्ने सम्भाबना बढेको स्थानियहरु बिच चर्चा हुन थालेको छ ।

नेपाली काङ्ग्रेसले निर्वाचन कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसारमा लागेको काँग्रेसका कोहलपुर नगरपालिका सचिव भूम भण्डारीले बताए। उनले वडा नं. ६ नेपाली काँग्रेसको इलाका भएकाले यो उपनिर्वाचनमा पनि जित सुनिश्चित भएको उल्लेख गरे।

अहिले तिब्रताका साथ चुनाबी अभियान चलिरहेको र काँग्रेसका पक्षमा जनाता सकारात्मक देखिएको सचिव भण्डारीले दाबी गरे ।

दुई प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा  वडाध्यक्षको निर्वाचनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएर निर्वाचन प्रचारप्रसारमा खटिएका छन्। दुबै पार्टी योजनाबद्ध तरिकाले लागेका छन्।

वडाध्यक्षको निर्वाचनका लागि नेपाली काँग्रेसले कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार बनाएको छ भने नेकपाले रामशरण थारुलाई उम्मेदवार चयन गरेको छ ।

नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि मङ्सिर १४ मा हुने उपनिर्वाचन हुन लागेको हो ।

वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातामा पनि कसलाई मत दिने भन्ने कौतुहलता बढ्न थालेको छ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६  छ। गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसोहनले ४२४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारुले ३५२ मत प्राप्त गरेका थिए।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका रामसोहन थारुको २०७५ मङ्सिर ९ गते निधन भएको थियो।

प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार  ९ : ४५ बजे