नेकपा अध्यक्षद्वय ओलि र प्रचण्डबीचको छलफल निष्कर्षविहीन,आज पुन : छलफल हुँदै



काठमाडाैं-

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  सोमबार भएको छलफल निश्कर्ष बिहिन भएको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा दुइ नेता बिच छलफल भएको थियो ।

प्रचण्ड निकटस्थ एक नेताका अनुसार दुई अध्यक्षबीच साँझ ५ बजेदेखि करिब ३ घण्टा छलफल भएकाे थियाे। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त विगतका समझदारीका विषयमा पनि कुरा उठेको उनको दाबी छ।

दुई अध्यक्ष नै निष्कर्षमा पुग्न नसकेका कारण मन्त्रिपरिषद् पुनर्गठन कहिले हुन्छ भन्नेमा अन्यौल सिर्जना भएको छ। आइतबारको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीलाई सैद्धान्तिक सहमति दिइसकेको छ।

नेकपा अध्यक्ष ओली र अर्का प्रचण्डले बहालवाला मन्त्री र आकांक्षी नेताहरूसँग भेटघाट तीव्र बनाएका छन्।

मंगलबार पनि अध्यक्षद्वयले भेटेर छलफल गर्ने कार्यक्रम छ

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ५ : ०२ बजे