काठ्माण्डौ-
मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न बसेको नेकपा सचिबालय बैठक कुनै निर्णय बिनानै सकिएको छ ।
नयाँ मन्त्री बनाउने विषयमा प्राधाअनमन्त्री एबम अध्यक्षा ओली र अर्का अध्यक्ष प्रचण्ड बिच विवाद रहेकोले निर्णय हुन नसकेको बालुवाटार श्रोतले जानकारी गराएको छ ।
खानेपानी मन्त्री विना मगरलाई पनि हटाउने प्रधानमन्त्रीको प्रस्तावमा प्रचण्डले ठाडै असहमति जनाएका कारण मन्त्रीमण्डल पुनर्गठन ढिलाई भइरहेको बताइएको छ ।
आज बसेको नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठनका बिशयमा निर्णयगर्न नसकेपनी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रतिक्रिया दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘सचिवालयले सरकारको जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको छ ।’
प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे भने बैठकमा कुनै छलफल नभएको दाबी गरे ।
प्रवक्ता श्रेष्ठले मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने बताए ।








