काठमाडौं-
आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका राईलाई सात देखि दश बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले राइ बिरुद्द मुद्दाचलाएको थोयो ।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।
राईले गत तिहारमा आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा बोलाएर बलत्कार गरेको आरोप लगेको छ ।










