रङ्गभेदविरुद्ध एकताको नाममा काठ्माण्डौमा सिके राउतको शक्ति प्रदर्शनसहित आमसभा



७ मंसिर, काठमाडौं –

सीके राउतको जनमत पार्टीले काठमाडौंमा प्रदर्शन सहित एकतासभा गरेको छ ।

राउतको पार्टिले गरेको उक्त शभालाई ‘रंगभेदविरुद्ध एकतासभा’नाम दिएको छ ।राजधानीको खुल्लामञ्चमा रङ्गभेदविरुद्ध एकताका लागि भन्दै शक्ति प्रदर्शनसहित आयोजना गरिएको आमसभामा बाक्लाई उपस्थिती रहेको थियो ।‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको व्यानरसहितको र्याली समेत प्रदर्शन गरिएको थियो ।

आमसभामा तराई मधेशका उक्त पार्टिका कार्यकर्ताहरु राजधानी आएका थिए ।

सभालाई सम्बोधन गर्दै सीके राउतले राष्ट्र नेपालको निर्माणमा मधेसीको पनि योगदान भएको बताए। ‘नेपालमा जति पनि राजनीतिक क्रान्ति भएको छ, परिवर्तन भएको छ, मधेसी बिना त्यसलाई परिकल्पना पनि गर्न सकिँदैन’, उनले भने’, ‘२००७ सालको क्रान्ति मधेसबाट सुरु भएको हो। पहाडबाट होइन। जति पनि कांग्रेसीले भाग लिएका थिए, तिनीहरुलाई बासमती चामल र रहू माछा खुवाएर पाल्ने मधेसी नै हुन्।’

स्वतन्त्र मधेस अभियान चलाएका कारण जेलमा रहेका राउतलाई जेल मुक्त गर्दै सरकारले उनिसग  राजनितिक सम्झौता गरेपछी उनि मुलधारको राजनीतिमा आएका हुन ।

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  १२ : ०७ बजे