अधिनायकबादी सरकारको निरंकुशतालाई अङ्कुश लगाउन कांग्रेसलाई मतदान गरौ : नेता लेखक



न्यू सञ्चार्, बैतडि-

कांग्रेस नेता रमेश लेखकले  सरकार अधिनायकवाद उन्मुख रहेकोले सरकारको निरंकुशतालाई अङ्कुश लगाउन कांग्रेसको पक्षमा मतदान गर्न आव्हान गरेका छन ।

शनिबार बैतडीको डोगडाकेदार गाउपालिका वडा नम्बर–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता  लेखकले बर्तमान कम्युनिस्ट सरकारले संविधान र लोकतन्त्र बिरोधी काम गरिरहेकोले जनता सचेत हुँदै कांग्रेसको पक्षमा मतदान गर्नुपर्ने बताएका हुन ।

नेता  लेखकले मुलुकका सबै सुरक्षा सम्यन्त्र र संवैधानिक आयोगहरुलाई नियन्त्रणको कोषिश गरेर बर्तमान सरकारले लोकतान्त्रीक संविधानको उलङ्घन गरी रहेको बताए । पुर्ववर्ती सरकारले शुरु गरेका बिकाशका कार्य समेत सरकारले रोकेको उल्लेख गर्दै नेता लेखकले भने,‘ म मन्त्री हुँदा अरवौं रुपैयाँ बजेट बिनियोजन गरेको त्रिदेशीय नाकाको रुपमा रहेको महाकाली करिडोरको काम बजेट अभावमा रोकिएको छ ।’सरकारले आवश्यकताको आधारमा भन्दा  पहुचको आधारमा बिकाशका आयोजनाहरु बाडीरहेको पनि नेता लेखकले आरोप लगाए ।बर्तमान प्रधानमन्त्री आफ्नो असफलता ढाकछोप गर्न मन्त्रीहरुले राम्रो कार्य नगरेको भनेर हेरफेरमा लागेको नेता लेखकले जिकिर गरे ।

नेता लेखकले सरकार अधिनायकवाद उन्मुख रहेकोले सरकारको निरंकुशतालाई अङ्कुश लगाउन कांग्रेसको पक्षमा मतदान गर्न आव्हान गरे ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस बैतडीका पुर्व सभापति शिबराज भट्ट ,कांग्रेस बैतडीका उपसभापति चतुर बहादुर चन्द, वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र प्रसाद भट्ट लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  ३ : १० बजे